शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कोराना राहत कोष’ का लागि अस्ट्रेलियाबाट सहयोग

शुक्रबार, २९ साउन २०७८, १३ : ३७
शुक्रबार, २९ साउन २०७८

नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक कम्पनीले ३ लाख रुपैयाँ सहयोग गरेको छ । 

कम्पनीका फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी(एनएसडब्लु) विनोद कुँवरमार्फत सो रकम प्राप्त भएको महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेकका नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले हस्तान्तरण गरे ।

सो अवसरमा कार्यवाहक अध्यक्ष विष्टले कोराना संक्रमति पत्रकारका लागि सहयोग पु¥याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गरेकोमा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) कुँवरसहित नेपाल प्रतिनिधि शाँखीलाई हार्दिक धन्यवाद व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप