बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घट्ला त इन्टरनेट सेवाको शुल्क ?

शुक्रबार, २९ साउन २०७८, २२ : ४६
शुक्रबार, २९ साउन २०७८

सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको जनाएको छ । लिभिङ विट आइसिटीले आज  आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए। 

 एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ । उनले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने धारणा राखे ।  

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताइन् । 

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए । 

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, काठमाडौँकी कक्षा १२ मा अध्ययनरत नेहा गिरीले जितेकी छन् । यस्तै द्वितीय बङ्गलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरका कक्षा १० का ऋदम भेटवाल जिते । 

यस्तै तृतीय मनकामना माध्यमिक विद्यालय विर्तामोड, झापाका असिम डङ्गोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौँका उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंका विशेषता चौधरी भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप