बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर लिग शुरु : पहिलो खेलमा नै आर्सनल नवप्रवेशी ब्रेन्टफोर्डसँग स्तब्ध

शनिबार, ३० साउन २०७८, ०६ : ४३
शनिबार, ३० साउन २०७८

७४ वर्षपछि इङ्ग्लिस प्रिमियर लिगमा फर्किएको ब्रेन्टफोर्डले सिजनको पहिलो खेलमा आर्सनललाई २–० गोलले पराजित गर्दै धमाकेदार शुरुवात गरेको छ । आफ्नो घरेलु मैदानमा जीवन्त र ऊर्जावान देखिएको नवप्रवेशी टोली​पाहुना टोलीमाथि हाबी देखिएको थियो ।

खेलको २२ औँ मिनेटमा नै सर्जी कानोसको गोलको मद्दतले ब्रेन्टफोर्डले अग्रता लिन सफल रह्यो । दोस्रो हाफमा क्रिस्टियन नोरगार्डले अर्को गोल थप्दै ब्रेन्टफोर्डको जीत सुनिश्चित गरे ।

अलेक्सान्डर लाकाजेट र पिएरे एमेरिक आउबामियाङ बिना मैदानमा उत्रेको आर्सनलका लागि इमाइल स्मिथ र निकोलास पेपेले गोलको प्रयास गरेपनि त्यसलाई गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाऊ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप