शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका सभामुखको निर्वाचन क्षेत्रमा करोडौंको बजेट

शनिबार, ३० साउन २०७८, १४ : २९
शनिबार, ३० साउन २०७८

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालयका भवन र फिल्ड निर्माणका लागि करोडौँ रकम विनियोजन गरिएको छ ।   शाहीको दैलेख निर्वाचन क्षेत्र नं.–२ का तीन पालिकाका १५ वटा विद्यालय भवन र फिल्डका लागि मात्रै प्रदेश सरकारले ३ करोड रकम विनियोजन गरिएको हो । 

प्रदेश सरकारले १० वटा आधारभूत, एउटा माध्यमिक र एउटा आधारभूत विद्यालयको फिल्ड निर्माणको लागि भन्दै उक्त बजेट छुट्याइएको हो ।  प्रत्येक स्थानीय तहका ५÷५ वटा विद्यालय छुट्याई २० लाखको दरले रकमान्तर गरिएको छ । जसअन्तर्गत चामुण्डा विन्दासैनी नगरपालिकाको वडा नं. ५ मा रहेको देउती आधारभूत विद्यालय, वडा नं.–२ को जनता आधारभूत विद्यालय, वडा नं.–८ को अमकोट, ७ को कवल सरस्वती रातामाटा र ९ वडाको देउती आधारभूत विद्यालय हिउकेपानी उल्लेख गरिएको छ । 

यस्तै सभामुख शाहीको आफ्नो गृहपालिका ठाटीकाँध गाउँपालिका –६ को जनता आधारभूत, ३ को नेरा आधारभूत धामिगाउँ, ४ को महादेव ज्यामिचौर, १ को धर्मभक्त आधारभूत र २ नम्बर वडाको शुक्र आधारभूत विद्यालय जौचर छनोटमा परेका छन् । 

पश्चिम क्षेत्रमा पर्ने आठबिस नगरपालिका– ६ को  भैरव माध्यमिक विद्यालयको भवन निर्माणका लागि पनि २० लाख रकम विनियोजन गरिएको छ भने आठबीस–९ को गणेश आधारभूत, २ को जनआधारभूत श्रीकोट,  ५ को गोकुल आधारभूत र वडा नम्बर ८ को हिमालय आधारभूत विद्यालयको फिल्ड निर्माणका लागि बजेट छुट्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप