शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

शनिबार, ३० साउन २०७८, १६ : ०७
शनिबार, ३० साउन २०७८

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा विशेष अधिवेशन शुक्रबार अन्त्य  भएको थियो  ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले  जारी गरेको सूचनामा उल्लेख छ  । 

साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले विश्वासको मत लिने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप