प्यालेसमाथि चेल्सीको सहज जीत

युरोपियन विजेता चेल्सीले इंग्लिस प्रिमियर लिगमा ३–० को सहज जीत हासिल गर्दै विजयी शुरुवात गरेको छ । शनिबार भएको खेलमा चेल्सी क्रिस्टल प्यालेसविरुद्ध ३–० जीत हासिल गरेको हो ।
थोमस टुकलको टोलीका लागि मार्कोस अलोन्सोले २२ यार्ड टाढाबाट पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा क्रिस्टियन पुलिसचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा ट्रभो चालोबाहले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
कीर्तिमानी ९.७५ करोड पाउन्डमा क्लबमा अनुबन्ध भएका रोमेलु लुकाकु भने क्वारेन्टिनमा रहेका कारण खेल्न पाएनन् भने एन’गोलो कान्टे र हाकिम जियेच घाइते भएका कारण टोलीमा गरेनन् ।
उता, राफायल बेनिटेजले पनि एभर्टनको म्यानेजरको रुपमा विजयी शुरुवात गरेका छन् । एक गोलले पछि परेको स्थिति उल्टाउँदै उनको टोलीले साउथह्याम्पटनलाई ३–१ गोलले हरायो ।
एडम आर्मस्ट्रङले साउथह्याम्पटनलाई अग्रता दिलाए पनि दोस्रो हाफमा रिचार्लिसन, एब्डुलाए डोकुरे र डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै टोलीलाई जीत दिलाए ।
अन्य खेलमा लेस्टर सिटीले वुल्भ्सलाई १–० र वाटफोर्टले रोमाञ्चक खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा
-
तीन ब्याट्सम्यानको उत्कृष्ट अर्धशतकपछि पनि अस्ट्रेलियासँग केही लागेन पाकिस्तानको
-
एमाले गण्डकी अधिवेशन : उम्मेदवारी मनोनयन सुरु
-
टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता
-
खेलाडीहरू पहिलो पटक रङ्गिन जर्सीमा सजिएको पाँचौँ विश्वकप
-
अमेरिका : केभिन म्याकार्थीलाई सभामुख पदबाट हटाइयो