चौंथो वर्षमा निमा एकेडेमी, ई–शिक्षामा फड्को
काठमाडौं । ई–शिक्षा एप निमा एकेडेमीले स्थापनाको तीन वर्ष पुरा गरेको छ । शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले हालसम्म आइपुग्दा कक्षा १० सम्मका कोर्सहरु उपलब्ध गराउँदै आएको छ ।
निमासँग हाल १५० भन्दा बढी विद्यार्थीहरु जोडिएका छन् । कोरोना महामारीको कारण ई–शिक्षाको महत्व बढेसँगै निमासँग जोडिनेको संख्या बढ्न थालेको हो ।
हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु उपलब्ध रहेको निमा र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको निमाले जनाएको छ । साथै निमाले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामग्री तथा कोर्सहरु पनि आफ्नो वेबसाइट र एपमा निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइनमेन्ट तथा गेमहरू समावेश गरिएको छ । निमा एकेडेमी वेबसाइट र एपमा उपलब्ध छ । निमा एकेडेमी एप आइओएस र एन्ड्रोइड दुबैमा उपलब्ध रहेको निमाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै