इरानमा कोभिडले हरेक दुई मिनेटमा एकको मृत्यु, अस्पताल बिरामीले भरिए; अक्सिजनको पनि कमी
इस्लामिक देश इरानमा कोरोना संक्रमणको पाँचौं र हालसम्मको सबैभन्दा ठूलो लहरले विध्वंश मच्चाइरहेको छ । देशका सबै अस्पताल भरिएका छन् । अक्सिजनको कमी भएको छ । अस्पतालका भुइँ र पार्किङमा बिरामीको उपचार गर्नुपरेको छ । अस्पतालमा बेड नपाउँदा अस्पतालबाहिर नीजि सवारी साधन राखेर परिवारले आफ्ना बिरामीको उपचार गराइरहेका छन् । यस्तै देशमा भ्याक्सिनको पनि चरम अभाव छ ।
अस्पतालमा डाक्टर, नर्स र अन्य मेडिकल स्टाफ हालसम्मको सबैभन्दा खराब स्थितिसँग जुधिरहेका छन् । यहाँ एकैदिन भेटिने नयाँ बिरामीको आँकडा ४० हजार पार भएको छ । साथै एकैदिन ६ सय जनाको रेकर्डस्तरको मृत्यु भइरहेको छ । एक रिपोर्टमा दाबी गरिए अनुसार ८.३० करोड जनसंख्या भएको इरानमा कोरोनाका कारण हरेक दुई मिनेटमा एकजनाको मृत्यु भइरहेको छ । संक्रमितको संख्या बढेका कारण इरानमा एक हप्ताको लकडाउन लगाइएको छ ।
डेल्टा भेरियन्टका कारण बिरामी तीब्र रुपमा बढेः
इरानका स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाको डेल्टा भेरियन्टका कारण बिरामी तीब्र रुपमा बढिरहेका छन् । यहाँ पछिल्लो एक हप्तामा हरेक दिन ३९ हजार देखि ४०,८०० सम्म नयाँ संक्रमित भेटिरहेका छन् । इरानमा हालसम्म ४३.९० लाख भन्दा बढी संक्रमित भेटिइसकेका छन् । ९७२०० भन्दा बढी बिरामीको मृत्यु भइसकेको छ । जबकी ३७ लाखभन्दा बढी बिरामी निको भइसकेका छन् ।
तेहरानको भाइरस टास्क फोर्सका डेप्युटी हेड नादिर तावाकोलीले भने, ‘कोरोनाको पाँचौं लहरले कति कहर निम्त्याउने हो, त्यो हामीलाई थाहा छैन । तेहरानको अस्पताल र इमर्जेन्सी वार्डमा अब मानिसहरुलाई भर्ना गर्नका लागि खाली ठाउँ छैन ।’
खोप अभियानले राहतको आशाः
खोप अभियानले कोरोना संकटमा कमी आउने आशा गरिएको छ तर फेब्रुअरीबाट सुरु भएको खोप अभियानको गति असाध्यै स्लो छ । यसका कारण चिन्ता थप बढेको छ । अमेरिकी प्रतिबन्धका कारण इरानको स्थिति निकै खराब छ र उसले कोरोना संकटसँग जुध्नका लागि औषधी आयात पनि गर्न सकिरहेको छैन । खोप अभियानको गती कम भएको यो पनि एउटा कारण हो ।
अष्ट्रेलियाली राज्यमा एकैदिन ४६६ नयाँ संक्रमितः
अष्ट्रेलियाको न्यू साउथ वेल्समा लकडाउनको नियम उल्लंघन गर्नेलाई अब तीन लाख रुपैयाँ भन्दा बढी जरिवाना लगाइनेछ । यहाँ लकडाउन २२ अगस्टसम्म बढाएर थप कडा पारिएको छ । न्यू साउथ वेल्सम पछिल्लो २४ घण्टामा ४६६ नयाँ संक्रमितको पहिचान भएको छ । यहाँका प्रिमियर ग्लेडिस बेरेजिक्लियानले यसबारे जानकारी दिएका हुन् । उनले यसबारे जानकारी दिँदै भने, ‘कोरोनाको चपेटमा आएपछि आज न्यू साउथ वेल्सको सबैभन्दा खराब दिन हो ।’
जापानमा १७ महिनामा सर्वाधिक २० हजार संक्रमितः
जापानमा शनिबार कोरोनाका २०,१५१ नयाँ संक्रमित भेटिएका छन् । यो हालसम्म (१७ महिना) को रेकर्ड हो । जापानमा सबैभन्दा धेरै बिरामी टोक्सोमा भेटिइरहेका छन् । यहाँ एक दिनमा भेटिएका बिरामीको आँकडा ५१०० पार भएको छ । जापान सरकारका अनुसार भेटिएका नयाँ बिरामीमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट छ । अर्कोतर्फ जापानमा लेम्डा भेरियन्टको पहिलो संक्रमित पनि भेटिएका छन् । यो भेरियन्टद्वारा संक्रमित महिला (३०) हालै पेरुबाट फर्किएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने