बागमती प्रदेशसभाको बैठक आह्वान
लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ ।
भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
संसद सचिवालयमा दर्ता भएको केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको सचिव खड्काले बताए ।
उक्त बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी पनि छलफल हुने उनले बताए ।
त्यस्तै प्रदेशसभा बैठक बस्नु अघि भोलि सोमबार दिउँसो ४ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
कार्य व्यवस्थाको छलफलबाट तयार भएको एजेन्डालाई नै कार्यसूचीमा पठाइने उनले बताए ।
गत साउन पहिलो सातामा चालू आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम बजेट पारित भए लगत्तै प्रदेशसभा बैठक स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही जिल्ला अदालतमा रवि लामिछाने पक्षका वकिलको बहस जारी
-
बाँकेमा पाटेबाघ मृत भेटियो
-
गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा
-
सामाखुसी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्र, तस्बिरहरु
-
मधेस सरकारले लियो कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता
-
भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु