बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

सोमबार, ३२ साउन २०७८, ०६ : ००
सोमबार, ३२ साउन २०७८

वि.सं. २०७८ साल साउन ३२ गते । सोमबार । इस्वी सन् २०२१ अगष्ट १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी, बिहान ०७ बजेर १० मिनेट उप्रान्त नवमी । नक्षत्र– अनुराधा, रातको ०३ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग– ब्रह्म, बिहान ०७ बजेर ०९ मिनेट उप्रान्त ऐन्द्र । करण– बव, बिहान ०७ बजेर १० मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४० पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारमा आफन्तबीच मनमुटाब बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । 

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । 

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । 

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । 

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाइदा अरूले उठाउन सक्छन् ध्यान दिनुहोला । 

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) अदालती तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ । 

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । 

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैङ्किङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । 

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) अध्ययनको सिलसिलामा लामो दूरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । 

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप