‘प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेमा सार्ने ओली सरकारको निर्णय गलत’
प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने तत्कालीन केपी शर्मा ओली सरकारको निर्णय गलत रहेको बताएका हुन् । उनले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्ठीको लागि भएको बताए । भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैँ बनाउने भनेको २६ वर्ष भएको भन्दै उनले यो भारतको हस्तक्षेपकारी सोच भएकोले अवरुद्ध भइरहेको बताए ।
उनले भने, “महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा केपी शर्मा ओली सरकारको निर्णय सरासर गलत छ, पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्ठीको लागि बनाउने भनिएको थियो, भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैँ बनाउने भनेको २६ वर्ष भयो, यो भारतको हस्तक्षेपकारी सोच भएकोले अवरुद्ध भइरहेको छ ।”
उनले राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान एकेडेमी बलमिच्याइँ परेको बताए । एकेडेमी सार्नुपर्ने कारण राष्ट्रपतिलाई विदेश जाँदा हेलिकप्टर प्रयोग गरेर एअरपोर्टसम्म जानुपर्ने, प्रहरीले तालिम गर्दा हल्ला हुने भएकोले शान्त वातावरण बनाउनका लागि, टहल्नका लागि सुन्दर बगैँचा बनाउन र गाडी पार्किङ गर्नका लागि सार्न लागिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति पर्यटनमन्त्रीद्वारा त्रिभुवन विमानस्थलको निरीक्षण
-
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
अमेरिकी, सिङ्गापुर डलर, स्वीस फ्रयाङ्क, बहराइन दिनार, ओमानी रियालको मूल्य बढ्यो, कसको कति ?
-
आज शेयर कारोबार गर्नेहरुका लागि शुभ, अन्य लाभ थाहा पाउन हेरौँ राशिफल
-
सेभिया र ओसासुनाले अंक बाँडे
-
इटालियन सिरी’ए : रोमालाई हराउँदै एटलान्टा दोस्रो स्थानमा