बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जन्मदिन मनाउन परिवारसहित माल्दिभ्स पुगे सैफ

सोमबार, ३२ साउन २०७८, १६ : ५४
सोमबार, ३२ साउन २०७८

अभिनेता सैफअली खानको आज जन्मदिन परेको छ । उनी आज ५१औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । जन्मदिन मनाउन उनी पत्नी करिनासहित सपरिवार माल्दिभ्स पुगेका छन् । अभिनेत्री करिनाले दुई नयाँ तस्बिर शेयर गर्दै सैफलाई जन्मदिनको शुभकामना दिएकी छन् ।

इन्स्टाग्राम मार्फत सार्वजनिक गरिएको तस्बिरमा पहिलो पटक पुरै फ्यामिली देखिएका छन् । दुई तस्बिर मध्ये एकमा करिनाले सैफको काँधमा हात राखेर पोज दिएकी छन् । जसमा उनीहरुको छोराहरु तैमुर र जहांगीर पनि देखिएका छन् ।

दोस्रो तस्बिरमा सैफ र करिना स्वीमिङ पुलमा रोमान्टिक अन्दाजमा प्रस्तुत भएका छन् । तस्बिरका साथ करिनाले क्याप्सनमा सैफलाई जन्मदिनको शुभकामना दिँदै हमेसा साथको चाहना रहेको बताएकी छन् । करिनाको पोष्टमा थुप्रै फ्यानले समेत शुभकामना दिएका छन् ।

कामको कुरो गर्ने हो भने करिना छिट्टै फिल्म ‘लाल सिंह चड्ढामा देखिँदैछन् । सैफको पनि आउँदो फिल्म ‘भुत पुलिस’ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप