बागमती प्रदेशसभाको बैठक भोलि बस्दै
लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक भोली भदौ १ गते मंगलबार बस्दै छ । बैठक भोली मंगलबार दिउसो २ बजे बस्नेछ । भोलि बस्ने बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि भोलिका लागि आह्वान गरिएको हो ।
यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।
प्रदेशसभा बैठक बस्नु अघि आज कार्य अपराह्न कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा भोली हुने प्रदेशसभाको कार्यसूची, बैठकमा पेस हुने विधेयकका बारेमा छलफल भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
बैठकमा भदौ १ र २ गते प्रदेशसभा बैठक सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । प्रवक्ता अमात्यका अनुसार, भोली देखि चल्ने प्रदेशसभा बैठकमा केही प्रदेश ऐन पेस हुने र प्रदेशसभा नियमावली संशोधन माथि छलफल हुनेछ ।
बैठकमा प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेताहरूले प्रदेशसभा नियमावली संशोधनका बारेमा भने सर्वदलीय बैठक आह्वान गरी सहमति गरेर मात्र संसद्मा छलफल गर्नु पर्ने धारणा राखेका थिए ।
त्यस्तै उक्त बैठकमा प्रदेशसभाको लोगोका बारेमा पनि छलफल भएको र आगामी केही समयभित्रै प्रदेशसभाका सदस्यहरूलाई लोगो उपलब्ध गराउने गरी तयारी भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाखुसी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्र, तस्बिरहरु
-
मधेस सरकारले लियो कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता
-
भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु
-
परिवर्तनको हल्ला अस्थिरता मच्चाउने तत्त्वहरुले चलाए : प्रधानमन्त्री
-
काभ्रेको महाभारतमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी हालिँदै
-
भारतमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावलीसहित)