शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यादेशको तरङ्ग : दल विभाजनको आशंकाबीच बैठकमा जुट्यो एमाले, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०१ भदौ २०७८, १२ : २५
मङ्गलबार, ०१ भदौ २०७८

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा पार्टीको स्थायी समिति बैठक बोलाएको छ । त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्नेछ । 

एमाले संसदीय दलको बैठक दिउसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले जानकारी दिए । दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बोलाएको भट्टराईको भनाइ छ । 

सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन भदौ ३२ गते रातिबाट बन्द गरेपछि एमाले अध्यक्ष ओलीले हिजो राति नै आफ्नो निवास बालकोटमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । ​नेताहरूसँगको छलफलपछि राति नै अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै दल विभाजन गर्ने षड्यन्त्र अनुसार अध्यादेश ल्याउन खोजिएको भन्दै त्यसको विरोध गर्न अपिल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप