शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले फुटेपछि ओली र माधवले सम्बोधन गर्दै

बिहीबार, ०३ भदौ २०७८, ११ : ००
बिहीबार, ०३ भदौ २०७८

औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।

अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् । त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । यसअघि एमाले वरिष्ठ नेताको हैसियतमा देखिने नेपाल आजबाट भने नेकपा एमाले समाजवादीको हैसियतमा सम्बोधन गर्न लागेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने कार्यक्रममा नेता नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले पनि सम्बोधन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप