तालिबानको कब्जापछि पप स्टार अर्याना अफगानिस्तानबाट बाहिरिन सफल
शनिबार, ०५ भदौ २०७८, १० : ४४

अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल भएकी छन् ।
काबुलमाथि तालिबानको कब्जापछि अफगानिस्तानको अवस्था अराजक भएपछि पप स्टार अर्यानाले देश छोडेकी हुन् ।
उनले इन्स्टाग्राममा पोस्ट् गर्दै देश छोड्न सफल भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, 'म एकदमै ठिक छु । जिउँदै छु । धेरै डरलाग्दा रातपछि म कतारको दोहा पुगेकी छु । र यहाँबाट इस्तांबुल जाने तयारी गरिरहेकी छु ।'
३६ वर्षीया अर्याना आफगानी टेलिभिजनमा एक रियालिटी शोको निर्णायक थिइन् । मिडिया रिपोर्टका अनुसार उनी अमेरिकी कार्गो जेटमार्फत अफगानिस्तान छोड्न सफल भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?
-
योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
-
९ महिनामा पर्साबाट साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
-
सोमबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ कर्णाली उत्सव
-
गाजाबारे ट्रम्पको प्रस्तावमा जुट्ला त सहमति ?