शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

शनिबार, ०५ भदौ २०७८, २२ : ४९
शनिबार, ०५ भदौ २०७८

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गरे । 

यसअघि पहिलो चरणमा साउन २३ र २४ गते नौ लाख मात्रा खोप ल्याइएको थियो । बाँकी खोप भोलि आइतबार र पर्सि सोमबार आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ लाख १४ हजार ७४० मात्रा खोप प्रदान गरेको राजदूतावासले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप