बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुरुषको रजनोवृत्ति ! सेक्स ड्राइभ बढाउनका लागि यी तरिका अपनाइरहेका छन् युवा

आइतबार, ०६ भदौ २०७८, १५ : ४३
आइतबार, ०६ भदौ २०७८

पुरुषको सेक्स ड्राइभमा टेस्टोस्टेरोन हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ । शोधका अनुसार पछिल्ला केही वर्षमा उमेरसँग सँगै यो हार्मोनमा बढी गिरावट देखिएको छ । अमेरिकी वैज्ञानिकका अनुसार सन् १९८७ मा ६० वर्षका पुरुषको तुलनामा सन् २००४ मा यो उमेरका पुरुषमा टेस्टोस्टेरोनको स्तर १७ प्रतिशतसम्म कम पाइयो । युरोपेली देशमा टेस्टोस्टेरोन स्तरको यो गिरावट अझै बढी देखिँदैछ । 

टेस्टोस्टेरोन कम हुनुका असर पुरुषमा स्पष्ट रुपमा देख्न सकिन्छ विशेषगरी यौन जीवनमा यसको असर बढी देखिन्छ । यो समस्याबाट राहत पाउनका लागि बेलायतका थुप्रै पुरुषले एक विशेष टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपी (टीआरटी) को सहारा लिइरहेका छन् । यसको नतिजाका कारण पुरुषमा यसको माग बढ्दै गइरहेको छ । लण्डनमा बस्ने डेनियल केलीले ‘द सन’ सँगको कुराकानीमा आफूले यो थेरेपी २८ वर्षको उमेरदेखि लिँदै आएको बताए । 

डेनियलले भने, ‘टेस्टोस्टेरोन कम हुँदा ममाथि निकै नकारात्मक असर परिरहेको थियो । मेरो सेक्स ड्राइभ नष्ट भइसकेको थियो । यस्तो लाग्थ्यो कि मेरो शरीरमा कत्ति पनि ऊर्जा बाँकी छैन । यतिमात्रै होइन मलाई तनाव र डिप्रेशन पनि हुन थालेको थियो । मेरो फिटनेसमा पनि समस्या हुन थालेको थियो । म हप्तामा ३–४ पटक जिम जान्थेँ तर मलाई आफ्नो शरीरमा यसको कुनै नतिजा देखिएको जस्तो लाग्दैनथ्यो । ’

डेनियलले भने, ‘त्यतिबेला मलाई रत्तिभर पनि थाहा थिएन कि यी सब कुराको टेस्टोस्टेरोन हार्मोनसँग केही सम्बन्ध छ । म जीवनको सबैभन्दा खराब स्थितिसँग गुज्रिरहेको थिएँ । यसको कारण मलाई एक वर्षपछि मात्रै थाहा भयो जब मैले रक्त परीक्षण गराएँ । यो रक्त परीक्षणबाट मलाई थाहा भयो कि मेरो टेस्टोस्टेरोन स्तर एक ८० वर्षका वृद्धका जस्तै छ । यो थाहा पाउँदा म चकित परेँ ।’

डेनियलले त्यसपछि डाक्टरसँग सम्पर्क गरे र उनले टेस्टोस्टेरोनको स्तर बढाउनका लागि डेनियललाई रिप्लेसमेन्ट थेरेपी दिन सुरु गरे । यो थेरेपीमा डेनियलले हरेक महिना इन्जेक्सन दिइन्थ्यो । डेनियलले भने, ‘ केही महिनामा नै ममा यसको राम्रो असर देखिन थाल्यो । म पहिलाको भन्दा बढी आत्मविश्वासी भएको थिएँ । मेरो सेक्स ड्राइभ पनि राम्रो भएको थियो र म निकै स्वस्थ महसुस गर्न थालेको थिएँ ।’

डेनियल अब हेल्थ र फिटनेस कोच बनिसकेका छन् र आफूजस्ता अन्य पुरुषको मद्दत गर्छन् । उनले एउटा किताब पनि लेखेका छन् जसमा उनले आफ्नो थेरेपीको अनुभवबारे बताएका छन् । डेनियलले अब आफू जीवनभर यो उपचार जारी राख्ने बताएका छन् । बेलायमा कम टेस्टोस्टेरोनको समस्यासँग जुधिरहेका पुरुषको संख्या बढ्दो छ । यस्तोमा टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपी लिने पुरुषको संख्या तीब्र रुपमा वृद्धि भएको छ । 

कम टेस्टोस्टेरोनको समस्यासँग जुधिसकेका बेलायतका एलिस्टेयर केनेटले सन् २०१८ मा अप्टिमल नामको एउटा कम्पनी बनाए जहाँ यस्तै पुुरुषलाई टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपी दिइन्छ । एलिस्टेयरले भने, ‘हामीसँग २७, २८, २६ वर्षका थुप्रै युवा आउँछन् जसले कम टेस्टोस्टेरोनको समस्याको सामना गरिरहेका छन् । सबैभन्दा पहिला उनीहरुको रक्त परीक्षण गरिन्छ । हर्मोनको स्तर असाध्यै कम हुँदा उनीहरुको उपचार सुरु गरिन्छ ।’

टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपीमा जेल, प्याच वा रेगुलर इन्जेक्सनमार्फत् सिन्थेटिक हर्मोन दिइन्छ । आवश्यकताको हिसाबले यसलाई जीवनभर लिन सकिन्छ । एलिस्टेयर भन्छन्, ‘६–८ हप्ता भित्र यसको राम्रो परिणाम देखिन थाल्छ । उपचार गरेपछि धेरैजसो मानिसहरु भन्छन् कि मेरो जीवन फेरिएको छ वा तपाईंहरुले मेरो विवाह तोडिन बाट बचाउनुभयो ।’

एलिस्टेयरले भने, ‘धेरैजसो पुरुषमा कम टेस्टोस्टेरोनको लक्षण ३०–४० वर्षको उमेरमा देखिन थाल्छ । यसलाई पुरुषको मेनोपज (रजनोवृत्ति) पनि भन्न सकिन्छ । यो स्थितिमा थुप्रै पुरुषको ब्रेन फग, ध्यानमा कमी र कहिलेकाँही शरीरमा धब्बा पनि देखिन थाल्छ । यस्तो यसकारण हुन्छ किनभने उनीहरुको एस्ट्रोजन पनि कम हुन थाल्छ ।’

टेस्टोस्टेरोनको स्तर असाध्यै कम हुँदा केही पुरुषमा इरेक्टाइल डिसफंक्सनको समस्या पनि हुन्छ । यसबाहेक मांसपपेशी पनि कमजोर हुन थाल्छ । यसको मानसिक रुपमा पनि पर्न सक्छ । यो समस्याबाट बच्नका लागि स्वास्थ्य विज्ञले पुरुषलाई सही जीवनशैली अपनाउने र खानपिनमा विशेष ध्यान दिन सल्लाह दिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप