मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी छैन

सोमबार, ०७ भदौ २०७८, १५ : २५
सोमबार, ०७ भदौ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यसबारे आफूलाई जानकारी नभएको जनाएको छ । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताए ।

उनले प्रदेशसभाको निर्धारित बैठकमा आफूहरुले आफ्ना मागलाई प्रस्टसँग राखेको र माग पूरा नभए सदन चल्न नदिने अडान कायम रहेको पनि उल्लेख गरे । तर सोमबार बस्ने तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची राखिए पनि आफूहरुलाई यसबारे जानकारी नभएको र बैठकमा एमाले सहभागी नहुने उनले बताए ।

‘हामीलाई विश्वासको मतबारे जानकारी गराइएको पनि छैन, हामी बैठकमा सहभागी पनि हुँदैनौ’ रातोपाटीसँग चौधरीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप