शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस, विपक्षी बेन्चमा एक जनामात्र सांसद

सोमबार, ०७ भदौ २०७८, १६ : २२
सोमबार, ०७ भदौ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा गठित सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रदेशसभामा प्रस्ताव पेस गरेको हो ।

प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने बहिष्कार गरेको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले आफूहरुलाई विश्वासको मतसम्बन्धी प्रस्तावबारे जानकारी नभएको भन्दै बैठकमा सहभागी नभएको बताए ।प्रदेशसभा बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसी विपक्षी बेन्चमा बसेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप