बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : विश्वासको मतसम्बन्धी प्रस्तावमाथि तीन दलले मात्र छलफलमा भाग लिए, जसपा मौन

सोमबार, ०७ भदौ २०७८, १७ : ०३
सोमबार, ०७ भदौ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि तीन वटा दलले छलफलमा भाग लिएका छन् । प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहे पनि मुख्यमन्त्रीले पेस गरेको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित छ । त्यसैले सो दलका तर्फबाट छलफलमा भाग लिइएको छैन ।

जसपा नेपालले पनि विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिएन । प्रदेशसभामा तीन सांसद रहेको जसपा नेपालका तीनैजना प्रदेश सरकारमा सहभागी भएका कारण पनि सरकारकै तर्फबाट पेस गरिएको प्रस्तावमा पार्टीका तर्फबाट छलफलमा भाग लिन आवश्यक नठानिएको स्रोतले बतायो ।

‘तीन जना सांसदमध्ये तीनैजना सरकारमा छौं,’ जसपाका एक मन्त्रीले भने, ‘विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रियालाई छोटो बनाउने उद्देश्यले पनि हामीले पार्टीका तर्फबाट बोलिरहन उचित ठानेनौं, प्रस्तावको पक्षधर नै भएका कारणले मुख्यमन्त्रीले बोलिसकेपछि अन्य मन्त्रीले बोलिरहन परेन ।’

छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरले प्रदेशवासीको समस्या समाधान गर्न, संघीयताको प्रतिफल जनतासम्म लैजाने विषयमा प्रतिपक्षी दलको भूमिका पनि महत्वपूर्ण हुने भन्दै सरकारले विश्वासको मत लिने समयमा प्रतिपक्षी बेन्च खाली हुनु विडम्बनापूर्ण रहेको बताए ।

नेपाली काँग्रेसका फखरुदीन खानले विगत साढे तीन वर्षको अवधिमा आफूहरुले प्रतिपक्षका रुपमा सदैव रचनात्मक भूमिका निर्वाह गरेको स्मरण गराउँदै अहिले आफूहरुले पनि प्रतिपक्षीबाट त्यस प्रकारकै भूमिकाको अपेक्षा गरेको बताए ।

राष्ट्रिय जनमोर्चाकी तारा जिसीले वर्तमान सरकारले असारे विकासको प्रवृत्तिलाई रोक्न सक्नुपर्ने र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप