शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फाइजरको खोपलाई अमेरिकामा पूर्ण अनुमति

सोमबार, ०७ भदौ २०७८, २० : ३८
सोमबार, ०७ भदौ २०७८

फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले प्रयाेगको पूर्ण अनुमति दिएको छ । अमेरिकामा कोभिड–१९ विरुद्ध प्रयोगका लागि पूर्ण अनुमति पाउने यो पहिलो खोप हो । 

यसअघि यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो । यो खोपलाई दुई डोजमा तीन हप्ताको अन्तरालमा दिइन्छ । अनुमतिसँगै अब १६ वर्ष र सोभन्दा माथि सबै उमेर समूहले यो खोप लगाउन पाउनेछन् ।

अमेरिकाको ठूलो जनसङ्ख्याले खोप लगाउन आनाकानी गरिरहेका बेला एफडीएको यस्तो निर्णय सार्वजनिक भएको हो । एफडीएका अनुसार करिब ४४ हजार व्यक्तिको तथ्याङ्कका आधारमा यो निर्णय लिइएको हो ।

अब 'कोमिरनाटी' नामबाट बजार पठाइने यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको बताइएको छ । यसलाई १२–१६ वर्ष उमेर समूहका लागि भने आपत्कालीन प्रयोगको अनुमति मात्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप