टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई

person explore access_timeभदौ ८, २०७८ chat_bubble_outline0

 

संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनका तर्फबाट टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ ।

तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता शुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित छन् । सुशासन एवं भ्रष्टाचार बिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ । एकदशक अघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसकेका छन् ।

यस वर्ष तीर्थ कोइरालाको संयोजनमा वरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो।

अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गर्नुभएको हो । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ पुन शुरु गरिने फाउण्डेसनले जनाएको छ।

२०७७ कोहेम सरिता संगीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यस अघि नै भइसकेको छ । घोषित पुरस्कारहरु उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने बताइको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।