बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

मङ्गलबार, ०८ भदौ २०७८, १२ : २८
मङ्गलबार, ०८ भदौ २०७८

संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । 

काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ । 

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे जानकारी दिए । 

३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकाेले उनीहरूका लागि काेभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खाेप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । 

सचिव थपलियाले अहिले भाैतिक रूपमै परीक्षा लिने वातावरण बनेकाे  बताउँदै स्वास्थ्य मन्त्रालयकाे सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप