शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी

मङ्गलबार, ०८ भदौ २०७८, १६ : २३
मङ्गलबार, ०८ भदौ २०७८

 जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो । यसो हुँदा फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन मिल्दैन । तर मंगलबार तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकमा पुर्व माओवादीबाट मिसिएका नेताहरु पनि सहभागी भएको तस्बिरमा देखिएको छ ।

बैठकले नेताहरु भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेलले तयार पारेको १० बुँदे सहमतिको कार्यान्वयनको मोडेल पेश गरेर पास गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप