टिकटक भिडियो बनाई ५ हजार जित्ने यस्तो छ मौका
काठमाडौं । खल्ती डिजिटल वालेटले टिकटक भिडियो बनाई ५ हजार जित्ने योजना ल्याएको छ । खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई ५ हजार जित्न सकिने टिकटक च्यालेञ्ज प्रतियोगिता सार्वजनिक भएको हो ।
खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको जनाएको छ । यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोलाई ५ हजारका दरले पुरस्कृत गरिने खल्तीले जनाएको छ ।
यस च्यालेञ्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०% क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो मार्फत् देखाउन सक्नेछन् । खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्तीबाट रिचार्ज गरी १०% क्यास ब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ ।
१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नु पर्ने खल्तीले जनाएको छ । साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback and #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नु पर्नेछ ।
खल्तीले एनसेल, नमस्ते र स्मार्ट सेलको टपअपमा नेपालकै सबै भन्दा बढी १०% क्यासब्याक अफर पनि संचालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने