शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसदले गरे आयोगमा सनाखत (नामावलीसहित)

बुधबार, ०९ भदौ २०७८, १४ : ११
बुधबार, ०९ भदौ २०७८

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए ।  सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । 

यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । 

भारतमा उपचारकाे क्रममा रहेका उनले  दूतावासमार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाएका हुन् ।

५५ केन्द्रीय सदस्यको सूची

२९ सांसदको सूची


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप