
भक्तपुरमा बिहीबार पनि कोरोनाविरुद्धको खोप दिइँदै

भक्तपुरमा बिहीबार पनि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भक्तपुर नगरपालिकाले ४० वर्षभन्दा माथिका र १८ वर्ष माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने भएको हो ।
नगरपालिकाका १० वटा केन्द्रबाट खोप दिने नगरपालिकाले जनाएको छ । खोप बिहान १० बजेदेखि ३ बजेसम्म खोप दिइने नगरपालिकाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
यी दश स्थानमा लगाइन्छ खोप
१.वडा न १ कार्यालय,भार्वाचो,
२.टुरिस्ट बसपार्क, ब्यासी
३.वडा कार्यालय, वंशगोपाल
४.तालाक्व
५.वडा कार्यालय, भगवनीस्थान
६.ख्वप कलेज, देकोचा
७.वडा कार्यालय, गाल्मढी
८.ख्वप इन्जिनियरिङ कलेज, लिबाली
९.दत्तात्रय आधारभूत विद्यालय, दत्तात्रय
१०.भनपा वक्सिङ प्रशिक्षण हल, कमलविनायक
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ