शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध

बुधबार, ०९ भदौ २०७८, १८ : ४८
बुधबार, ०९ भदौ २०७८

काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ । यससँगै अब लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध हुने भएको छ । 

लर्न इन्फिनिटीका वास्तविक जीवनमा उपयोगी कला तथा कौशल र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरु अब निमा एकेडेमीबाट अध्ययन गर्न सकिने भएको निमाले जनाएको छ ।

लर्न इन्फिनिटीका संस्थापक अदिति गोयेलले अहिलेको शिक्षा प्रणाली जागिर खान र परिक्षामा राम्रो अंक ल्याउन मात्र प्रयो भएकाले अरु जीवन उपयोगी कुराहरू सिकाउने प्रयास लर्न इन्फिनिटीले गरेको बताइन् ।

लर्न इन्फिनिटीले कला, कौशल र रचनात्मकता, स्वस्थ र पोषण, सम्बन्ध, बालापन, किशोरावस्था अनि अबिभावाकत्व, मन र आत्मा अनि क्यारियर र उत्पादकत्व आदि विषयमा आधारित शैक्षिक सामग्रीहरुद्वारा समग्र व्यक्तिगत विकास हुने विश्वास लिएको गोयलले बताइन् ।

निमा एकेडेमीले स्कुल र कलेजका कोर्सहरु मात्र नभएर समग्र रुपमा सबैलाई हुने खालको शैक्षिक सामग्रीहरु पनि लिएर आउने योजना बनाएको बताएको छ ।

हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको निमाले जनाएको छ । निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेष्ट, असाइनमेन्ट तथा गेमहरू समावेश छ ।

हालसालै निमा एकेडेमीमा विस्टिमका कोर्सहरु पनि उपलब्ध गराइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप