शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो पार्टी आर्थिक,सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ : माधव नेपाल

बिहीबार, १० भदौ २०७८, १५ : १४
बिहीबार, १० भदौ २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी जन आधारित पार्टी हुने दावी गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजलाई,आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी बन्ने बताए ।

‘हामी पुरानो बाटो र लिकमा जाँदैनौ । जुन ओलीले नेतृत्व गरेको पार्टीको संस्कार र परिपार्टी भन्दा भिन्न हुनेछ । क्रान्तिकारी संस्कारयुक्त पार्टी, जनताको जनवादलाई स्वीकार्नेछ’, आफ्नो पार्टी विशेषताबारे उनले बताए । ‘आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ । समाजवादको यात्रामा निरन्तर अघि बढ्ने छ । राष्ट्रपति, जनता र सिद्धान्तप्रति निष्ठावान भएर लागिरहने छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी नीजि स्वार्थका कुसंस्कारीको झुण्ड र केही नेताको भजन मण्डली नहुने भन्दै मार्क्सवाद, लेनिनवाद र समाजवादप्रति समर्पित जन आधारित कार्यकर्ताको पार्टी हुने बताए  । उनले आगामी दिनमा पनि वामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै नयाँ समाज निर्माणतर्फ अघि बढ्ने बताए । 

आफ्नो पार्टीसँग सबै छिमेकीसँग मित्रवत व्यवहार रहने भन्दै उनले छिमेकी देशको संवेदनशीलता बुझ्ने भन्दै  उनले आफ्नो संवेदनशीलता पनि छिमेकीहरूले बुझ्नेछन् भन्ने विश्वास रहेको बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप