बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको टिप्पणी : थाक्नेहरू थाकिरहन्छन्, मेरो गुनासो छैन

बिहीबार, १० भदौ २०७८, १५ : ३३
बिहीबार, १० भदौ २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी पार्टी गठन गर्ने प्रयासबाट अन्तिममा छाड्नेहरूप्रति कुनै गुनासो नरहेको टिप्पणी गरेका छन् । नयाँ दल दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अन्तिम समयमा आएर आफ्नो साथ छोड्नेहरूप्रति यस्तो टिप्पणी गरेका हुन् ।

‘क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन्, तर थाक्नेहरू थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन’ अध्यक्ष नेपालको भनाइ छ । गत चैत ४ र ५ गतेको भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको र त्यसबेला धेरै साथीहरुले साथ दिएपनि पछि ओलीतिर लागेको भन्दै कसैले छोडे पनि आफु पछि नफर्कने बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप