शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लौरो टेक्ने बेलासम्म पदमा नबस्ने माधव नेपालको दावी

एमसीसी परिमार्जन गरेरमात्रै स्वीकार्ने
बिहीबार, १० भदौ २०७८, १५ : ५०
बिहीबार, १० भदौ २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफु जीन्दगीभर पार्टी पदमा नबस्ने बताएका छन् । उनले आफ्नो पार्टीले युवा पुस्तालाई अगाडि बढाउने भन्दै आफु जीन्दगीभर पदमा बस्न नचाहेको बताए । ‘अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्नेछु । जिन्दगीभरि लौरो टेक्दासम्म पदमा बस्ने चाहाना छैन’ नेता नेपालको भनाइ छ ।  

अध्यक्ष नेपालले एमालेसँग एकताको सम्भावना रहेको भन्दै चरित्र र व्यवहार बदले ओली नेतृत्वको एमालेसँग पनि एकता हुनसक्ने बताए । त्यस्तै अमेरिकी आर्थिक परियोजना एमसीसीबारे पत्रकारले सोधेको प्रश्नमा उनले एमसीसी सम्झौता परिमार्जन गरेरमात्रै स्वीकार गरिने बताए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप