नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत
नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजनाका रुपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।
‘आरबीबी म्युचुअल फण्ड १’ अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात् एक अर्ब २५ करोड रुपैयाँ कारोबार हुन सक्नेगरी सूचीकरण सम्झौता भएको छ ।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्ग लि. हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज