ad
x

गत वर्ष २० खर्ब बराबरको अन्तर बैंक कारोबार

person explore access_timeभदौ १२, २०७८ chat_bubble_outline0

गत आर्थिक वर्ष २०७७/७८ मा करिब २० खर्ब रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ । गत वर्षमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूबीच १९ खर्ब ९६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको हो । जसमध्ये, वाणिज्य बैंकहरुको १७ खर्ब ८२ अर्ब ९६ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैँकबाहेक) हरुको २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती तथ्याँकले गत वर्षमा २० खर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको देखाएको हो । वाणिज्य बैंकहरुको अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो कारोबार १५ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ थियो । यस्तै, अन्य वित्तीय संस्थाहरुको अन्तर बैंक कारोबार १ खर्ब २९ अर्ब ४० करोड गरी कुल १६ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ थियो ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।