शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिगमनका नाइकेका कारण पार्टी एकता टिकेन : प्रचण्ड

शनिबार, १२ भदौ २०७८, १२ : ००
शनिबार, १२ भदौ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनको भनाइ छ । 

शनिबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको उल्लेख गरे । उनले पहिलोपटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंशा पनि गरे । 

‘संसद विघटन विरुद्ध उभिँदा सबैले जीवन मरणकै संघर्षका रुपमा लियौं । पटक पटक लाखौँ जनता सडकमा उतारियो । अरु दल पनि संविधान र लोकतन्त्रका विरुद्ध घात हो भनेर एकजुट हुनुभयो’ उनले भने ।  समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा युवाहरु जुट्नुपर्नेमा जोड दिँदै उनले अहिले वातावरण पनि रहेको बताए ।  ‘समाजवादी आन्दोलनलाई अघि बढाउन अहिले वातावरण छ’ उनले वाइसीएललाई भने, ‘हाम्रो आशा तपाईँहरुमाथि छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप