शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको तीन–डोज खोप डेल्टा भेरियन्टबिरुद्ध ७८ प्रतिशत प्रभावकारी भएको दाबी

शनिबार, १२ भदौ २०७८, १६ : ५०
शनिबार, १२ भदौ २०७८

चीनमा प्रयोग भइरहेको एउटा कोरोनाभाइरस विरुद्धको खोप क्लिनिकल परीक्षणमा ८२ प्रतिशत प्रभावकारी रहेको पाइएको कम्पनीले दाबी गरेको छ । चोङकिङ झिफेइ बायोलिजकल प्रोडक्टले निर्माण गरेको खोप प्रारम्भिक परीक्षणमा निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध पनि ७८ प्रतिशतसम्म प्रभावकारी पाइएको पनि बताइएको छ ।

कम्पनीले बुझाएको यो पहिलो तथ्यांक हो तर यसमा विस्तृत पीयर रिभ्यू तथ्यांक भने उपलब्ध छैन । यसलाई तीन डोजमा दिइने जीएफ२००१ नाम दिइएको यो खोपलाई बजारमा लैजानका लागि अनुमति प्रदान गर्ने पहिलो कदमको रुपमा हेरिएको छ । यसलाई गत मार्चमा चीनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो । यसको प्रयोग उज्बेकिस्तानमा पनि भइरहेको छ ।

पछिल्लो चरणको तथ्यांक २८ हजार ५०० जनामा गरिएको तेस्रो चरणको परीक्षणको मूल्याङ्कनको आधारमा प्रस्तुत गरिएको हो । यो परीक्षण उज्बेकिस्तान, पाकिस्तान, इन्डोनेसिया, इक्वेडोर र चीनको हुनान प्रान्तमा गरिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप