शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : ७७८ सक्रिय संक्रमित

शनिबार, १२ भदौ २०७८, १९ : ३४
शनिबार, १२ भदौ २०७८

कर्णाली प्रदेशमा शनिबार ४८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणको क्रममा १७ जना र ३४४ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा २८ जनामा कोरोना देखिएको छ । यस्तै रुकुम पश्चिममा ८, सल्यानमा ४, दैलेखमा ४, कालिकोटमा १, मुगुमा २, हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

शनिबार प्रदेशभरबाट २८ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्  भने ७६८ जना सक्रिय संक्रमित रहेका छन् । जुन तथ्याङ्क साउन महिनाको भन्दा निकै कम हो । भदौ महिना सुरु भएदेखि कर्णालीमा केही रुपमा संक्रमण दरमा कमी आएपनि जोखिम उच्च रहेको स्वास्थ्य निर्देशन डा. रविन खड्का बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप