शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा थपिए मन्त्रालय, अब १३ मन्त्रालय रहने

आइतबार, १३ भदौ २०७८, २० : ४५
आइतबार, १३ भदौ २०७८

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको हो । अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; आर्थिक मामिला तथा सहकारी मन्त्रालय; आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय; कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।

यस्तै, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय; भौतिक पूर्वाधार विकास मन्त्रालय; वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन् ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको उनले बताए । ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप