बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने समय एक दिन थपियो

सोमबार, १४ भदौ २०७८, १२ : ४२
सोमबार, १४ भदौ २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो । 

आवेदनको दिने अन्तिम दिन आज भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले यस दिन सरकारले सार्वजनिक समेत दिएकाले कुनै कारोबार नहुने हुँदा कम्पनीले सेयर निष्काशन समय थप एक दिन थपेको हो । योसँगै कम्पनीको आइपिओ खरिद गर्न चाहने लगानीकर्ताले थप १ दिनको अवसर पाएका छन् । 

कम्पनीले आयोजना प्रभावित स्थानीयवासी नुवाकोट जिल्लाका लगानीकर्ताहरुका लागि कुल १२ लाखमध्ये पहिलो चरणमा ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । १०० अंकित मूल्य दरका कुल ४ लाख कित्तामा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था, मेरो सेयर र ई–सेवा मार्फत समेत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप