शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

सोमबार, १४ भदौ २०७८, १६ : ५५
सोमबार, १४ भदौ २०७८

पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८०८ जना निको भएर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार यसबेला देशभर ५६८ जना संक्रमितहरु सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १६० जना भेन्टिलेटरमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप