बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता (तस्बिरमा हेर्नुस् )

सोमबार, १४ भदौ २०७८, १७ : ०१
सोमबार, १४ भदौ २०७८

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए ।

भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए । खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गंगालाल तुलाधर लगायतका नेताले स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप