जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोमबार, १४ भदौ २०७८, १७ : ११

उदयपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।