अमेरिकामा भौतिकशास्त्री प्राडा नकर्मीलाई १ लाख ५९ हजार डलरको पुरस्कार

बनेपा काभ्रे निवासी एवम् न्यूयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा डा मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेसनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपियाँ) राशिको पुरस्कार पाएका छन् । एनएसएफ अमेरिकाको सङ्घीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो। वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ ।
उक्त पुरस्कार पाए पछि आफू निकै उत्साहित भएको उनले बताए । डा नकर्मीका अनुसार यो पुरस्कार आफ्नो प्रयोगशालामा भएको एक यन्त्र फोटोलुमिनेसिन स्पेकट्रोस्कोपीमा लाइफ टाइम (जीवनकाल ) नाप्न सक्ने बनाउन एक उपकरण स्त्रीक क्यामेराको लागि प्रदान गरेको हो। उक्त उपकरण जडान गरे पछि सेमी कन्डक्टरबाट निस्कने प्रकाश कति छिटो अथवा कति ढिलो हुन्छ भनेर नाप्न सकिन्छ । प्राध्यापक नकर्मी विगत २० वर्ष देखि वाइड ब्यान्ड ग्याप सेमी कन्डक्टसम्बन्धी अनुसन्धान गरिरहेका छन् । यस्तो सेमी कन्डक्टर पदार्थको विकासबाट पराबैजनी किरण भन्दा पनि परको प्रकाश निस्कने एलइडी बनाउन सकिन्छ जसलाई धेरै कम बिजुली खपत हुने बत्तीको साथै कीटाणु मार्नेको लागि पनि प्रयोग गर्न सकिन्छ।
डा मिमलाल नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिकशास्त्रमा पिएचडी गरेका हुन् भने ब्रुकलिन कलेजमा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरिरहेका छन् । काभ्रेको बनेपाका डा नकर्मीले अमेरिका आउनु अघि करिब ६ वर्ष काठमाडौँ विश्वविद्यालय प्राध्यापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !