शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायल रोजगारी :  भदौ २८ गते परीक्षा

मङ्गलबार, १५ भदौ २०७८, ०९ : ००
मङ्गलबार, १५ भदौ २०७८

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परीक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परीक्षा हुने बताएको हो ।
इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।

इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाईमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही जानकारीका आधारमा परीक्षार्थी अंग्रेजीको परिक्षा दिन उपस्थित हुनुपर्ने छ ।

इजरायलमा नेपालीलाई केयर गिभरका रुपमा लग्नका लागि गत वर्षको असोजमा इजरायल र नेपालबीच सम्झौता भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप