शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारित्व फिर्ता पाउनका लागि यो तरिका अपनाउन बाध्य महिला, प्रतिबन्धको माग

मङ्गलबार, १५ भदौ २०७८, ११ : १९
मङ्गलबार, १५ भदौ २०७८

कुमारित्व परीक्षण र यो मर्मत गराउने मुद्दा एकपटक पुनः चर्चाको केन्द्रमा छ । यसपटक योविरुद्ध बेलायतका डाक्टरले मोर्चा खोलेका छन् । वास्तवमा यहाँका डाक्टरले जबसम्म ‘भर्जिनिटी रिपेयर’ (कुमारित्व मर्मत) को नाममा नक्कली शल्यक्रिया बन्द हुँदैन तबसम्म कुमारित्व परीक्षणमा कानून बनाउनुको कुनै फाइदा छैन ।

रोयल कलेज अफ अब्स्टिट्रीशियन्स एन्ड गाइनोकोलोजिस्ट (आरसीओजी) ले सरकारलाई चेतावनी दिँदै भर्जिनिटी रिपेयर सर्जरीमाथि कडा रोक लगाउन माग गरेका छन् । स्मरण रहोस्, अघिल्लो महिना सांसदको समितिले एक प्रस्ताव पेश गरेका थिए जसमा केही निजी क्लिनिकद्वारा गरिँदै आएका भर्जिनिटी टेस्टलाई अपराधको श्रेणीमा ल्याउन माग गरिएको थियो ।

डाक्टरका अनुसार एकातिर सरकारले भर्जिनिटी टेस्टमा कानून बनाएको दाबी गरिरहेको छ, अर्कोतर्फ भर्जिनिटी रिपेयर गराउने प्रक्रियामा कुनै रोक लगाइएको छैन । भर्जिनिटी रिपेयर सर्जरीमा यौनाङ्गको छालाको एउटा पत्रलाई बनाइन्छ यसमार्फत् हाइमन टुटेको जस्तो लाग्दैन । यो शल्यक्रियालाई हाइमनोप्लास्टी भनिन्छ ।

बेलायतमा धेरैजसो युवती र महिलालाई पूर्ण रुपमा भर्जिन देखाउनका लागि उनका आमा–बुवा वा आफन्तले हाइमनोप्लास्टी गराउँछन् । सन् २०२० मा सन्डे टाइम्सले अनुसन्धानपछि यस्ता २२ नीजि क्लिनिकबारे खुलासा गरेका थिए जसले भर्जिनिटी रिपेयर सर्जरीको नाममा मोटो रकम असुल्ने गर्छन् । एक वर्षभित्र यहाँका लगभग ९,००० मानिसहरुले हाइमेनोप्लास्टी र योसँग सम्बन्धित जानकारी गुगलमा खोजे ।

रोयल कलेज अफ अब्स्टीट्रीशियन्स एण्ड गाइनोकोलोजिस्ट (आरसीओजी) का अनुसार यदि भर्जिनिटी रिपेयरको प्रक्रियामा रोक लगाइएन भने भर्जिनिटी टेस्टिङमाथि रोक लगाउने प्रयास बेकार हुनेछ ।

आरसीओजीका अध्यक्ष डा. एडवर्ड मरिसले द गार्डियनलाई भने, ‘हाम्रो मान्यता यो छ कि यूकेमा दुबै प्रक्रियामाथि प्रतिबन्ध लगाइनुपर्छ । हाइमेनोप्लास्टी र भर्जिनिटी टेस्टिङ दुबै हानिकारक प्रथा हुन् जसले सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्यलाई खराब गर्ने काम गर्छ । यसले महिलाका पूर्व यौनसम्बन्धको गलत जानकारी दिन्छ । हाइमेनोप्लास्टीमाथि रोक बिना भर्जिनिटी टेस्टिङमाथि प्रतिबन्धले कुनै फाइदा हुने छैन किनभने दुबै प्रथा अटुट रुपमा सम्बन्धित छ ।’

आरसीओजीले दिएको जानकारी अनुसार हाइमन रक्त कोशिकाको एउटा झिल्लीजस्तै हो । साधारणतया पहिलो पटक यौनसम्बन्ध स्थापित गरेपछि रगत आउँछ र यो टुटिसकेको छ भने रगत आउँदैन । यस्तै, डब्ल्यूएचओले स्पष्ट रुपमा भनिसकेको छ कि हाइमलाई सधैं यौनसम्बन्धसँग जोडेर हेरिनु हुँदैन र भर्जिनिटी टेस्टिङ मानव अधिकारको उल्लंघन हो । इरानियन एण्ड कुर्दिस वुमन्स राइट अर्गनाइजेशनकी कार्यकारी निर्देशक डायना नम्मीले हाइमेनोप्लास्टी महिला र युवतीविरुद्ध एक प्रकारको हिंसा भएको बताएकी छिन् । उनले यसलाई एउटा हानिकारक प्रथाको संज्ञा दिँदै यसले बाध्यात्मक विवाहलाई प्रोत्साहन दिने बताइन् ।

डायनाले भनिन्, ‘हाइमेनोप्लास्टीले भर्जिनिटी रिस्टोर गर्छ नै भन्ने छैन । यदि कुनै युवतीको विवाह भएको रात रक्तश्राव भएन भने उनीमाथि ‘अनर अब्यूज’ हुने खतरा बढी छ । ’

यस्तै एक यातनाको शिकार भइन् बेलायती महिला हफ्सा (नाम परिवर्तित) ले आफ्नो कहानी द गार्डियनलाई बताइन्, ‘१५ वर्षको उमेरमा कलेजबाट फर्किँदै गर्दा केही मानिसहरुले अपहरण गरेर मेरो बलात्कार गरेका थिए ।’

‘घर फर्किएपछि मैले यसलाई अत्यधिक लुकाउने कोसिस गरेँ तर मेरी आमाले यो कुरा थाहा पाइन् । उनले यदि मेरो रक्तश्राव भएको छैन भने यसको अर्थ म भर्जिन छैन भनेर बुझ्नुपर्ने बताइन् । यो हेर्नका लागि उनी मसँग शौचालय पनि गइन् र मेरो स्थिति देखेर यो घटना अघि पनि मैले कसैसँग यौनसम्बन्ध स्थापित गरिसकेको छु भनेर उनले अन्दाज लगाइन् । तर वास्तवमा त्यस्तो केही पनि थिएन ।’

‘महिनौंसम्म ममाथि तथानाम भनियो । एकदिन मेरी आमाले ‘तिमीले जुन लाज लाग्दो कुरा गरेकी छौ, त्यसलाई म ठिक गरेरै छोड्छु’ भन्नुभयो । उनले ‘एउटा शल्यक्रिया छ, जुन गराएपछि तिमी पुनः भर्जिन हुनेछौ’ भन्नुभयो । मेरा पिताले पनि शल्यक्रियापछि सबैकुरा ठिक हुन्छ भनेर विश्वास दिलाउनुभयो । मेरी आमाले एउटा टिश्यू पेपरमार्फत् मलाई बुझाइन् कि डाक्टरले कसरी यौनसम्बन्धपछि पनि नक्कली हाइमन बनाउने गर्छन् ।’

हफ्साले भनिन्, ‘मेरा आमाबुवालाई विवाहको पहिलो रात म कसैगरी कुमारी प्रमाणित होऔं । म यो शल्यक्रिया गर्न चाहन्नथेँ तर लगभग एक वर्षसम्म मेरा आमाबुवाले ममाथि दबाब दिइरहेका थिए । यो उत्पीडनको ममाथि मानसिक रुपमा अत्यधिक असर देखियो । अन्त्यमा मैले भागेर विवाह गरे र केही महिनापछि गर्भवती भएँ । मेरा पिताले मसँग सबै सम्बन्ध तोडेका छन् ।’

फोर्ब्स डट कम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप