मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीले खोले अमेरिकामा टिभी

मङ्गलबार, १५ भदौ २०७८, १२ : ०१
मङ्गलबार, १५ भदौ २०७८

 नेपाली मिडियाकर्मीहरुको पहलमा अमेरिकामा टिभी सन्डेको उद्घाटन भएको छ । आइतबार न्यूयोर्कमा दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन भएको हो । 

टिभी सन्डेको मुख्य कार्यालय न्यूर्योकको फोरेष्ट हिलटावरमा रहेको छ भने यसका शाखा कार्यालयहरु लण्डन, दोहा, मेलबर्न र काठमाडौँमा रहेका छन्  ।   

टिभीमा सुरुवाती चरणमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गरिने टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले जानकारी दिए । उनले समय क्रमसँगै टिभीको समयसीमा बढाउने जानकारी दिए । अहिले वेभ स्टिमीङमार्फत टिभी प्रशारण हुने र विस्तारै केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले बताए ।

न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमारले टिभी सन्डेले अमेरिकाका मुलधारका सञ्चारमाध्यम सरह सफलता पाउने कुरामा आफू विश्वस्त रहेको र यसका लागी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप