बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विचौलियाको हातमा देश

मङ्गलबार, १५ भदौ २०७८, ०९ : ००
मङ्गलबार, १५ भदौ २०७८

 

 


–मणिकुमार श्रेष्ठ ‘सिजन’

म मट्टीको कुरा गर्छु 
ऊ भट्टीको कुरा गर्छ ।
म मूर्तिको कुरा गर्छु 
ऊ सुर्तीको कुरा गर्छ ।
म अर्तीको कुरा गर्छु
ऊ धर्तीको कुरा गर्छ ।
म भुसको कुरा गर्छु 
ऊ घुसको कुरा गर्छ ।
म गाँसको कुरा गर्छु
ऊ आसको कुरा गर्छ ।
यस्तै यस्तै कुराले 
मेरो देशलाई विचौलियाले 
हात पार्छ ।

म नरेसको कुरा गर्छु
ऊ चरेसको कुरा गर्छ ।
म पाँजाको कुरा गर्छु
ऊ गाँजाको कुरा गर्छ ।
म धानको कुरा गर्छु 
ऊ मानको कुरा गर्छ ।
म फाँटको कुरा गर्छु
ऊ गाँठको कुरा गर्छ ।
म कासको कुरा गर्छु
ऊ नासको कुरा गर्छ
खै किन किन मेरो
देश विचौलियाको हातमा छ ।

म किसानको कुरा गर्छु
ऊ निसानको कुरा गर्छ ।
म पसिनाको कुरा गर्छु 
ऊ असिनाको कुरा गर्छ ।
किनकि उसले 
त्यहाँ अलिकति खाना पाउँछ ।

म रहरको कुरा गर्छु
ऊ सहरको कुरा गर्छ ।
म मिलनको कुरा गर्छु
ऊ विछोडको कुरा गर्छ 
किनकि उसलाई 
अलि अलि हातमा आउँछ ।

म कलिको कुरा गर्छु
ऊ छलीको कुरा गर्छ ।
म नलीको कुरा गर्छु
ऊ बलिको कुरा गर्छ ।
म नारिसको कुरा गर्छु 
ऊ आरिसको कुरा गर्छ ।
म बोल्दै छु किनकि
मेरो देश विचौलियाको 
हातमा छ ।

म बोलीको कुरा गर्छु 
ऊ भोलीको कुरा गर्छ ।
म लोलीको कुरा गर्छु
ऊ गोलीको कुरा गर्छ ।
म झरीको कुरा गर्छु 
ऊ चरीको कुरा गर्छ ।
साँच्चै भन्दा मेरो देश 
विचौलियाको हातमा छ ।

म पार्टीको कुरा गर्छु
ऊ जातिको कुरा गर्छ ।
म माटाको कुरा गर्छु
ऊ बाटाको कुरा गर्छ ।
म नारीको कुरा गर्छु
ऊ सारीको कुरा गर्छ ।
म सिर्जनाको कुरा गर्छु
ऊ तिर्सनाको कुरा गर्छ ।
म फर्सीको कुरा गर्छु 
ऊ कुर्सीको कुरा गर्छ ।
साँच्चै भन्दा मेरो देश 
विचौलियाको हातमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप