शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुल्न थाले काठमाडौँका विद्यालय, तस्बिरमा हेर्नुहाेस्

मङ्गलबार, १५ भदौ २०७८, १३ : ३२
मङ्गलबार, १५ भदौ २०७८

कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् ।  १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन्  । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ । भदौ १५ देखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिका (स्थानीय तह)ले अनुमति दिएको छ ।

​आजदेखि विद्यालय सञ्चालन गर्ने अनुमति दिइए पनि फाट्टफुट्टरुपमा मात्र विद्यालय खुलेका छन् । अब आईतबारदेखि पूर्णरुपमा विद्यालय सञ्चालन गर्ने तयारी भएको सञ्चालकहरुले बताएका छन् । हेर्नुहोस् तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप