‘असाध्यै हट’ भएका कारण सपिङ मलबाट निकालिएकी टिभी स्टार, धम्कीसमेत दिइयो

person explore access_timeभदौ १५, २०७८ chat_bubble_outline0

एक रियालिटी टिभी स्टारले आफू ‘असाध्यै हट’ भएका कारण दुबईको एक सपिङ मलबाट बाहिर निकालिएको दाबी गरेकी छिन् ।  यतिमात्रै होइन, मलमा प्रहरी बोलाउने धम्की पनि दिइयो । आखिर भएको चाहिँ के हो, त्यसबारे जानकारी लिऔं ।

२२ वर्षकी एमी रस सोसल मिडिया इन्फ्लुएन्सर हुन् । इन्स्टाग्राममा उनका १८८,००० फलोअर्स छन् । केही समय अघि उनी दुबईमा छुट्टी मनाउन गएकी थिइन् ।

उनले भनिन्, ‘एकपटक उनी दुबईको सपिङ मलमा जाँदा मेरो सामना सुरक्षा कर्मचारीसँग भयो । उनले मेरो लवाई सही नभएको बताएका थिए ।’

यस्तै जर्मन मिडिया अनुसार यो घटना त्यतिबेला भयो जब रियालिटी स्टार कथित रुपमा क्रप्ड ग्लिटर टप र मिनी स्कर्ट लगाएर मल गएकी थिइन् ।

एमी रसले दाबी गर्दै भनिन्, ‘मलमा प्रवेश गरेपछि सुरक्षाकर्मीले मलाई म यसरी घुम्न नसक्ने बताए । त्यसपछि कर्मचारीले मलाई सपिङ गर्न दिएनन् । उनीहरुले मलाई प्रहरी बोलाउने धम्की पनि दिए । यहाँसम्म कि उनीहरुले एक लिखित चेतावनी पनि दिए ।’

एमीले बिल्ड वेबसाइटलाई भनिन्, ‘एक सुुरक्षा कर्मचारी अचानक म भएठाउँ आए र मैले असाध्यै उत्तेजित गर्ने पहिरन लगाएको छु भन्न थाले । म यसरी मलमा घुम्न नसक्ने पनि उनले बताए । उनीहरुले मलाई प्रहरीको धम्की दिए र मलाई मलबाट बाहिर निकालिदिए । उनीहरुले लिखित चेतावनी पनि दिए ।’

युवतीले पाएको लिखित चेतावनी दुबई मलको एक शिष्टाचार नीति थियो जसमा लेखिएको थियो, ‘कृपया सम्मानजनक कपडा लगाउनुहोस् ।’

एमी रसले थपिन्, ‘त्यसपछि मैले बाहिर राखिएको एउटा लामो टिसर्ट खरिद गरेँ । यद्यपि, मलाई लाग्दैनथ्यो कि मेरो लवाई त्यस्तो कामुक थियो ।’

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।