बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुगल फोटोबाट डिलिट गरिएका फोटो–भिडियो फिर्ता पाउन चाहनुहुन्छ ? यस्ता छन् साधारण उपाय

मङ्गलबार, १५ भदौ २०७८, १६ : ४१
मङ्गलबार, १५ भदौ २०७८

गुगल फोटोज तपाईंको फोटो र भिडियोको ब्याकअप लिनका लागि सबैभन्दा रुचाइएको क्लाउड स्टोरेज अप्सनमध्ये एक हो, विशेषगरी गुगल पिक्सेल फोन र अन्य एन्ड्रोइड प्रयोगकर्ताका लागि । यो प्लेटफर्मको उपयोग पुराना तस्बिर स्टोर गर्न र कुनै पनि डिभाइसको प्रयोग गरेर त्यसलाई जुनसुकै बेला एक्सेस गर्नका लागि गर्न सकिन्छ जसले तपाईंलाई आफ्नो गुगल अकाउन्टमा साइन इन गर्न दिन्छ ।

गुगल फोटोले अनुहार, स्थान, समय र अन्य थुपै्र एल्बम विकल्पको आधारमा फोटोलाई वर्गीकृत गर्ने गर्छ । यहाँसम्म कि तपाईंले गुगल फोटो एपबाट हटाएको फोटो र भिडियोलाई सधैंका लागि हटाउनु अघि ६० दिनसम्म ट्र्याश फोल्डरमा राखिन्छ, यस्तोमा ६० दिन अघि नै यो रिकभर गर्न सम्भव छ । यद्यपि, यो त्यतिबेला मात्रै सम्भव छ जब गुगल फोटो ब्याकअप र सिंक फिचर इनेबल भएको छ ।

गुगल फोटोबाट डिलिट गरिएका फोटो–भिडियोलाई कसरी रिकभर गर्नेः

यदि कोही प्रयोगकर्ताले हटाएका फोटो र भिडियोलाई रिकभर गर्न चाहन्छ भने उनले सुरुमा हेर्नुपर्छ कि कन्टेन्ट एपमा भएको उनको ट्र्याश फोल्डरमा छ कि छैन । यदि कुनै हटाइएको फोटो वा भिडियो ट्र्याशमा छैन भने त्यसलाई रिस्टोर गर्न सकिँदैन । यदि प्रयोगकर्ताले कुनै फोटोलाई ६० दिनभन्दा बढी समय अघि ट्र्याशमा लगेका थिए वा ट्र्याशमा लगेर फोल्डर खाली गरिएको छ भने प्रयोगकर्ताले त्यो रिस्टोर गर्न पाउँदैनन् । साथै, यदि ३० दिनभन्दा बढी समय अघि एन्ड्रोइड ११ वा त्यसपछिका भर्सन चलाउने डिभाइसमा ट्रेश फोल्डरमा लगिएको थियो र यसको ब्याकअप लिइएको थिएन । साथै ट्र्याश फोल्डरलाई स्थायी रुपमा हटाइएको थियो वा यदि कन्टेन्टलाई डिभाइसको ग्यालरी एपअघि ब्याकअप नगरिकनै स्थायी रुपमा हटाइएको थियो भने यसलाई रिस्टोर गर्न सम्भव हुँदैन ।

यदि फोटो वा भिडियो गुगल फोटोको ट्र्याश फोल्डमा देखिएको छ भने आफ्नो एन्ड्रोइड फोन वा वेब ब्राउजरको प्रयोग गरेर यसलाई रिकभर गर्नका लागि तल दिइएका स्टेप्स फलो गर्नुहोस् ।

१. एन्ड्रोइड फोन, एन्ड्रोइड ट्याबलेट, आइफोन वा आइप्याडमा फोटो वा भिडियो रिस्टोर गर्नका लागि गुगल फोटोज एप्स खोल्नुहोस् ।

२. सबैभन्दा मुनी, लाइब्रेरीमा ट्याप गर्नुहोस् । ट्रयाश फोल्डरमा जानुहोस् ।

३. ती फोटो वा भिडियो खोज्नुहोस् जुन तपाईं रिस्टोर गर्न चाहनुहुन्छ । फोटो वा भिडियोलाई टच गरेर होल्ड गरेर राख्नुहोस् ।

४. सबैभन्दा मुनी, रिस्टोर अप्सन दबाउनुहोस् । फोटो वा भिडियोलाई फोनको ग्यालरी एप, गुगल फोटो लाइब्रेरी र त्यो एल्बममा फिर्ता लिएर जानुहोस् जसमा त्यो थियो ।

५. आफ्नो कम्प्युटरमा तपाईं फोटोज.गुगल.डटमा जान सक्नुहुन्छ ।

६. विन्डोको बायाँ पट्टी ट्र्याश फोल्डरमा क्लिक गर्नुहोस् ।

७. आफ्नो कर्सर ती फोटो र भिडियोमा राख्नुहोस् जसलाई तपाईं रिस्टोर गर्न चाहनुहुन्छ, त्यसपछि ‘सेलेक्ट’ मा क्लिक गर्नुहोस् ।

८. सबैभन्दा माथि दायाँतर्फ ‘रिस्टोर गर’ भन्नेमा क्लिक गर्नुहोस् । ती फोटो वा भिडियो तपाईंको गुगल फोटो अकाउन्टमा रिस्टोर हुनेछ र कुनै पनि एल्बममा फिर्ता हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप